१३ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशालामा अन्धकारमुक्ति साकोसको सहभागिता
१९ साउन २०८०,
नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ््स्कून) द्घारा संचालित पुर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम अन्र्तगत लुम्विनि कलस्टरचौथो समूहको १३ औं कार्यकुशलता तथा सिकाई व्यवसथापन कार्यशाला पल्लवि साकोस देवदहको आयोजनामा सम्पन्न भएको छ ।
आयोजक संस्था पल्लवी साकोसको अध्यक्ष प्रमोद खनालको अध्यक्षतमा भएको कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिकाका नगर प्रमुख ध्रुब प्रसाद खरेलको प्रमुख आतिथ्यतामा संचालन भएको थियो भने प्रमुख अतिथि खरेलले कार्यक्रमको शुभकामना दिदै सहकारी मार्फत धेरै भन्दा धैरै समूदायका व्यक्तिहरुले सेवा पाईरहेको बताउनु भयो । कतिपय सहकारी हरु निति नियम र शुशासन भन्दा बाहिर भएको कारणनै सहकारीमा समस्या आएको र उक्त समस्या आउन नदिन देव दह नगरपालिकाले बिशेष पहल गरी रहेको बताउनु भयो ।
कार्यक्रममा रुपन्देही, पाल्पा, गुल्मी गरी नेफ््स्कूनबाट संचालित सहकारीहरुको गुणस्तर सुधार कार्यक्रम प्रोवेसन कार्यक्रममा आवद्घ कुल १० वटा संस्थाका ३८ जना सदस्यहरुको सहभागिता रहेको थियो भने सबै संस्थाहरुले आ–आफ््नो संस्थाको आ. व. ८०/०८१ को प्रगति प्रतिवेदन प्रस्तुतिकरण गरेका थिए । अन्धकारमुक्ति साकोसको तर्फबाट प्रोवेसन कार्यदल संयोजक एवं संस्थाका अध्यक्ष खगेन्द्रप्रसाद न्यौपाने, कार्यदल सदस्य एवं संस्थाका सचिव ओमप्रकास बस्याल र व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेलको सहभागिता रहेको थियो भने कार्यशालाले आगामि कार्यशाला कार्तिक महिनाको १८ गते जन कल्याण साकोसको आयोजनमा सम्पन्न गर्ने निर्णय गरेको छ ,